१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन

२९ पुस, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्जले स्टकमा आइतबार कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरिएको छ । कम्पनीले आठ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेलगत्तै प्रतिकित्ता रु ९१२ मा मूल्य समायोजन गरिएको हो । सो लघुवित्तको औसत शेयर मूल्य रु ९९४ रहेको छ ।

स्टकले साहारा विकास बैंकको धितोपत्र सूचीकरण फुकुवा गरेको छ । धितोपत्र बजारको मूल्यलाई प्रभाव पार्ने सूचना तत्काल निर्णय हुनासाथ उपलब्ध गराउनुपर्ने कानूनी प्रावधानअनुसार सो सङ्गठित संस्थाले कार्य गरेको नदेखिएकाले स्टकले केही दिन पहिले स्पष्टीकरण माग गरेको थियो ।

स्टकले कानूनमा रहेका व्यवस्था तोकिए बमोजिम गर्न र त्यस्ता गल्ती नदोहो¥याउन सचेत गराउँदै धितोपत्र सूचीकरण फुकुवा गरेको स्टकका सूचीकरण शाखाका कायममुकायम सहायक प्रबन्धक सुवोध ढुङ्गेलले जानकारी दिनुभयो ।

 

 

प्रकाशित मिति : २९ पुष २०७५, आईतवार १५:५९