२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन

२१ जेठ, काठमाडौं । सदनको जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्षविहीन भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गर्दै विपक्षीले सदन अवरोध जारी राखेका छन् ।

सभामुख घिमिरेले बुधबार दिउँसो प्रमुख सत्ता र प्रतिपक्षी दलका सचेतकहरूसँग छलफल गर्नुभएको थियो । तर सो बैठकमा  प्रमुख सचेतकहरूले आ-आफ्नो अडान कायमै राखेपछि कुनै सहमति नभएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइए पनि उक्त समयमा बैठक बस्न सकेको छैन । हिजो पनि सहमति नहुँदा  बैठक बस्दै नबसी स्थगित भएको थियो ।

प्रकाशित मिति : 14:37