२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

सिटि होटलले हकप्रद सेयर जारी गर्न बोर्डमा दियो निवेदन

२० जेठ, काठमाडौं। सिटि होटल लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले १ः०.८० अनुपातमा कुल १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलवार १७:१२