दरमखोला हाइड्रो इनर्जीले आईपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति
२० जेठ, काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीलाई आईपीओ जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलवार १७:०४













