९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

क्रोएसिया पठाउने भन्दै १९ लाख ठग्ने मेनुका पुडासैनी पक्राउ

१९ जेठ, काठमाडौं । वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाउने भन्दै १९ लाख ठगेर फरार भएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ घर भएकी मेनुका पुडासैनी रहेकी छिन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरबाट पक्राउ गरेको हो । क्रोएसिया पठाउने भन्दै पुडासैनीले एक व्यक्तिलाई पटक(पटक गरेर १९ लाख रुपैयाँ ठगी गरेको आरोप छ । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार १७:५२