३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

प्रि ओपन सेसनमा करिब २३ अंकले बढ्यो नेप्से

१९ जेठ, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २३ अंकले बढेर बन्द भएको छ।अघिल्लो कारोबार दिन बुधबार १७.४४ अंकले बढेर २६९३.०६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २२.८८ अंकले बढेर २७१५.९५ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ९६ स्टकको ३७३ पटकको कारोबारमा ३ करोड ४० लाख ११ हजार ७८२ रुपैयाँ ५ पैसाबराबरको ७९ हजार ५२३ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : June 2, 2025 at 11:00 am