जुवा खालबाट समातिए नुवाकोटका राजु थापा
१८ जेठ, काठमाडौँ । गेस्ट हाउसमा जुवातास खेलेको आरोपमा ११ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ पवित्रनगरस्थित होटल रम्भा देवी गेस्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नुवाकोट लिखु गाउँपालिका–३ घर भई काठमाडौं म्हैपी बस्ने नुवाकोट लिखु गाउँपालिका–३ घर भएका ३७ वर्षीय राजु थापासहित ११ जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई नगद ७५ हजार रूपैयाँ र ३ बुक तास सहित शनिबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : १८ जेष्ठ २०८२, आईतवार १९:५५












