१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

गेस्ट हाउसमा जुवातास खेल्ने नुवाकोटका राजुसहित ११ जना पक्राउ

१८ जेठ, काठमाडौं । गेस्ट हाउसमा जुवातास खेलेको आरोपमा ११ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ पवित्रनगरस्थित होटल रम्भा देवी गेस्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नुवाकोट लिखु गाउँपालिका–३ घर भई काठमाडौं म्हैपी बस्ने नुवाकोट लिखु गाउँपालिका–३ घर भएका ३७ वर्षीय राजु थापासहित ११ जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई नगद ७५ हजार रूपैयाँ र ३ बुक तास सहित शनिबार साँझ पक्राउ गरेको प्रहरीले  जनाएको छ ।

प्रकाशित मिति : June 1, 2025 at 5:13 pm