सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने
१५ जेठ, काठमाडौं । सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवको बजेट पेस गर्दै स्टार्टआपहरुलाई ३ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइने बताउनुभयो ।
साथै, यसका लागि सरकारले ७३ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभयो । सरकारले जेन–जी पुस्तालाई लक्षित गरी नवप्रवर्तनमा आधारित स्टार्टअपलाई प्राथमिकता दिने भएको छ ।
प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १६:०४