७ असार २०८३, आइतबार | Mon Jun 22 2026

लाभांश पारित गर्न नेशनल लाइफले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

१५ जेठ, काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएकोछ । जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार ५ गते लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा ३७ औं वार्षिक साधारण बोलाएको हो । सभा बिहान साढे १० बजेबाट सुरू हुनेछ ।

उक्त सभामा हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर गरी कुल १४ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । साथै, बोनस सेयरमा लाग्ने कर तिर्न ०.७८९४७३ प्रतिशत नगद लाभांशसमेत समायोजन गर्ने निर्णय गरेकाले बोनस सेयर बापतको कर प्रयोजनका लागि नगद लाभांश स्वीकृत गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नेछ। साथै, चालू आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अघि सारिनेछ। यसबाहेक, कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने, अघिल्लो आर्थिक वर्षमा गरिएको खर्च अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्तावहरू पनि सभामा पेश हुनेछन्।

यस्तै संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी जम्मा ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले जेठ २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : May 29, 2025 at 10:47 am