२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

प्रभु महालक्ष्मी लाइफको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

१५ जेठ, काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि ३५ हजार ६७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

बिक्रीमा राखिएको सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिभित्र काठमाडौंको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

साथै, तोकिएको समयअवधिभित्र सो सेयर खरिदका लागि कुनै पनि आवेदन नआएमा संस्थापक बाहेकका अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १०:२३