सेयर धितो कर्जाको जोखिमभार घटाउने व्यवस्था कार्यान्वयनमा
१४ जेठ, काठमाडौं । सेयर धितो कर्जाको जोखिरभारमा गरिएको १०० प्रतिशतको व्यवस्था कार्यान्वयनमा आएको छ । बुधबार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
यो सँगै अबबाट सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत कायम भएको छ । त्यस्तै, जेठ १८ गतेदेखि लागू हुने गरि बैंक तथा वित्तीय संस्थाहरुले कूल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य नगद मौज्दातबापत दैनिक न्यूनतम ९० प्रतिशत रकम राष्ट्र बैंकमा राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। यसअघि अनिवार्य नगद मौज्दातबापत दैनिक न्यूनतम ७० प्रतिशत रकम राष्ट्र बैंकमा राख्नुपर्ने व्यवस्था थियो।
प्रकाशित मिति : May 28, 2025 at 5:49 pm









