२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

नेपाल घुम्न आएका पर्यटक अपहरण गरी फिरौती माग्ने पाँच भारतीय पक्राउ

१४ जेठ, काठमाडाैँ । नेपाल घुम्न आएका पर्यटक अपहरण गरी फिरौती माग्ने पाँच भारतीय पक्राउ परेका छन । नेपाल घुम्न आएका बंगलादेशी नागरिकहरूलाई सस्तोमा काठमाडौं घुमाई दिने आश्वासनमा पारी अपहरण गरेर फिराैति माग्ने पाँच जना भारतीय नागरिक पक्राउ परेका हुन ।

जिल्ला प्रहरी परिसर काठमाडाैँका सूचना अधिकारी एसपी अपिलराज बोहोराले एक विज्ञप्ति मार्फत पाँच भारतीय अपराधि पक्राउ परेको जानकारी दिनुभएको छ । प्रहरीले ती भारतीयले नेपाल घुम्न आएका बंगलादेशी नागरिकहरूलाई सस्तोमा काठमाडौं घुमाई दिने आश्वासनमा पारी जिल्ला ललितपुर, ललितपुर महानगरपालिका १५ स्थित एक घरमा बन्धक बनाइ शारीरिक तथा मानसिक यातना दिइ पीडितहरूको साथमा रहेको नगद, मोबाइल लिने तथा निज पीडितहरूको आफन्तलाई ह्ववाट्सएप मार्फत फिरौती रकम माग गरेको जनाएको छ ।

काठमाडाैँको विभिन्न स्थानबाट पक्राउ परेका पाँच जनालाइ काठमाडौं जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुस्न्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गरेका भारतीय नागरिकमा शिव सौरभ, दिपक कुमार, संदिप कुमार, जसप्रित सिंह र रमेश जाधव रहेका छन ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार १७:१९