प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित
१४ जेठ, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बैठक सूचना टाँस गरेर भोलि दिउँसो १ बजेसम्म लागि स्थगित गरिएको जानकारी दिनुभयो । प्रतिपक्षी दलहरूले भिजिट भिसाको नाममा भएको मानवतस्करीमा गृहमन्त्री रमेश लेखक पनि जोडिएकाले छानविन समिति बनाउनुपर्ने र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग परेपछि प्रतिनिधिसभा बैठकमा अबरोध सिर्जना भएको छ ।

प्रकाशित मिति : 16:22









