२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

दोहोरो अंकले बढ्यो नेप्से, १४८ कम्पनीको सेयर मूल्यमा वृद्धि

१४ जेठ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा हरियाली छाएको छ । यस दिन बजार १७.४४ अंकले बढेर २६९३.०६ को विन्दुमा बन्द भएको छ ।

यस दिन १४८ कम्पनीको सेयर मूल्य बढेको छ, ९७ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । बुधबार ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यस दिन दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जी लिमिटेडको सेयरमा सकारात्मक सर्किट लाएको हो । यस दिन बाराही हाईड्रोपावरको सार्वधिक घटेर कारोबार भएको छ । यस दिन ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : 15:44