युवा संघको मतदान सकियो, केहीबेरमै गणना थालिने
१३ जेठ, पोखरा। नेकपा एमाले निकट युवा संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । पोखरा सभागृहमा बिहीबार बिहान १० बजेबाट सुरु भएको मतदान सवा ५ बजे सकिएको हो ।
मतदानमा कुल १ हजार ४०४ मत खसेको छ । युवा संघको निर्वाचनमा १ हजार ७६४ कूल प्रतिनिधि मतदाता थिए । केही समयमै मतगणना सुरु हुने निर्वाचन कमिटीले जनाएको छ । अध्यक्ष पदमा क्षितिज थेबे र सुमन पुरी प्रतिस्पर्धामा छन् ।
प्रकाशित मिति : 17:57









