११ असार २०८२, बुधबार | Wed Jun 25 2025

साउदर्न नाइटस क्रिकेट क्लबद्वारा खेलाडीहरुको सम्मान, बर्ष खेलाडी संगम गौतम

एडिलेड । साउदर्न नाइटस क्रिकेट क्लब एडिलेडले  खेलाडीहरुको सम्मान गरेको छ । यस बर्षको साउथ अष्ट्रेलियाको विभिन्न लिग सहित क्यानवेरामा सम्पन्न अष्ट्रेलियका नेपाली क्लवहरुको लिग   बिजेता क्लवले एक सम्मान साँझको आयोजना गरि सम्मान गरेको हो ।

क्लवले २०२४/०२५ को क्रिकेट सिजनमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरुलाई विभिन्न विधामा सम्मान गरेको थिए । जसमा बर्ष खेलाडी संगम गौतम भएका छन् । उनले यो सिजनमा ७७५ रन सहित १६ क्याच लिएका थिए ।  उनलाई क्लवले ट्रफी र अष्ट्रेलियन डलर ५०० ले सम्मान गरेको थियो ।

कार्यक्रममा वेस्ट फिल्डर निराजन पाण्डे, बेस्ट व्याट्स म्यान संगम गौतम, वेस्ट अलराउन्डर प्रशुन थापा, वेस्ट बलर राजु गुरुङलाई सम्मान गरिएको थियो ।

पुर्व खेलाडी समेत क्लव प्रशिक्षक धिरज ज्ञवालीले औपचारिक रुपमा क्लवबाट बिदा लिएका छन्  । ज्ञवालीलाई खादा मालाबाट सम्मान प्रदान गरिएको थियो । 

कार्यक्रमलाई सम्वोधन गर्दै एडिलेड नेप्लिज क्रिकेट एशोशियसन(एन्का) अध्यक्ष विजय जोशीले सम्मानितहरुलाई बधाई दिदै क्लवले यस बर्ष प्रदर्शन गरेको उत्कृष्ट खेलको प्रशंसा गरेका थिए  । कार्यक्रममा एक्सपट एजुकेशन एण्ड भिषा सर्भिसेजका एडिलेडका निर्देशक रुपक वर्तौला, सोलुसन एडिलेडका निर्देशक अशोक अधिकारी, सम्मानितहरु संगम गौतम र धीरज ज्ञवाली लगायतले मन्तव्य राखेका थिए । प्रसुन थापा मगरको संचालन रहेको कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष बिकास सुवेदीले गरेका थिए । कार्यक्रम समापन गर्दै अध्यक्ष सुवेदीले यस बर्ष लिग विजयी हुन मेहनत गर्ने खेलाडी, कोच, सौजन्य कर्ता व्यवसायी, खेलाडीका परिवार, मिडिया सहित सहयोगहरुमा धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलवार १७:५२