पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
१३ जेठ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सामान्य सुधार आएको छ । आज नेप्से परिसूचक ०.८५ अंकले बढेर २६७५.६२ को विन्दुमा बन्द भएको छ ।
यस दिन पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक, भुगोल डेभलपमेन्ट इनर्जी कम्पनी, पियोर इनर्जी लिमिटेडको सेयरमा सकारात्मक सर्किट लाएको हो ।

प्रकाशित मिति : 15:21









