३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

प्रतिनिधि सभा बैठक सूचना टाँसेर साढे २ बजेसम्मका लागि स्थगित

१३ जेठ, काठमाडाैं । प्रतिनिधिसभाको बैठक २:३० बजेसम्मका लागि स्थगित भएको छ। आधा घन्टाका लागि भनेर मंगलबार मध्याह्न स्थगित  बैठक अहिलेसम्म बस्न सकेको छैन।

बैठक सुरु भएलगत्तै विपक्षीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै अवरोध गरेपछि आधा घण्टाका लागि बैठक स्थगित भएको थियो। तर, दलहरूबीच सहमति नजुट्दा संघीय संसद सचिवालयले सूचना टाँसेर साढे २ बजेसम्मका लागि बैठक स्थगित गरेको छ।

प्रकाशित मिति : May 27, 2025 at 2:20 pm