भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न रास्वपाको माग
१३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरेको छ । प्रतिनिधिसभाको मंगलवारको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको संग्लनताका विषयमा उच्चस्तरीय अनुसन्धान आयोग बनाउनुपर्ने माग गर्नुभयो ।
उहाँले सो प्रकरणमा सङ्गठित रूपमा भ्रष्टाचार भएको भन्दै एक उच्चस्तरीय छानविन आयोग नबनेसम्म सदन चल्न नदिने जिकिर गर्नुभयो ।“त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भिजिट भिसाका नाममा निर्दोष युवालाई लुटेर करोडौँको अबैध असुलीको र्याकेट चलिरहेको छ”, सांसद खनालले भन्नुभयो, “गृहमन्त्रीले पठाउनुभएको सहसचिव विवादित पृष्ठभूमिको हुनुहुँदोरहेछ । तर किन उहाँलाई अध्यागमनमा पठाइयो । गृहमन्त्रीको पनि स्वार्थ जोडिएको छ ।”
प्रकाशित मिति : May 27, 2025 at 12:23 pm









