९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

प्रेस चौतारी नेपालका नवनियुक्त केन्द्रीय सदस्य शेरबहादुर थापा पक्राउ

१२ जेठ, सुर्खेत ।  प्रेस चौतारी नेपालका नवनियुक्त केन्द्रीय सदस्य शेरबहादुर थपा पक्राउ परेका छन । विराटनरमा भएको सम्मेलनबाट केन्द्रीय सदस्यमा नियुक्त थापा सोमबार सुर्खेतबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जातिय भेदभाव तथा छुवाछुत मुद्दाको फरार प्रतिवादी रहनुभएको थापा बिहान पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढाथापाले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ । दैलेख आठविस नगरपालिका वडा नम्बर ६ स्थायी घर भइ सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ बस्ने थापाले जातिय भेदभाव तथा छुवाछुत हुनेगरी सामाजिक सञ्जालमा टिप्पणी गरेको प्रहरीले जनाएको छ ।

थापा जेठ २ गतेदेखि लुकीछिपि हिडिरहेका थिए । उनले सामाजिक सञ्जाल मार्फत नै आफू प्रहरी प्रक्राउ गर्न आएपछि भागेको कुरा उल्लेख  गरेका छन । थापाले त्यसदिन  लेखेकाे छन, ‘अब म के गर्ने सोचिरहेछु । म अपराधी हुने हो या आत्महत्या गर्ने ?’

थापाले आत्महत्याको चेतावनी दिँदा समेत कतैबाट सहयोग नपाएका थापा दश दिनभन्दा बढी लुकीछिी बस्न सकेनन् र सोमबार प्रहरीको नियन्त्रणमा परे । अहिले थापा जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका छन । कतिपयले भने पत्रकार पत्रकारको झगडामा थापान पीडित बनेको बताएका छन ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार १८:२२