२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१२ जेठ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २.९७ अंकले घटेर २६७७ को विन्दुमा बन्द भएको छ ।

यस दिन राधी विद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६४ करोड ३१ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको ५६ करोड ८६ लाख ९९ हजार रुपैयाँ, यूनिभर्सल पावर कम्पनीको ४५ करोड ३९ लाख ११ हजार रुपैयाँ, कुमारी बैंकको २१ करोड ९५ लाख ४४ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड ३५ लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : May 26, 2025 at 3:11 pm