गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छः माओवादी
१२ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको कार्यालयको बैठकले मन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयाे ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको ‘भिजिट भिसा’ प्रकरणमा गृह मन्त्रालयको नेतृत्व पनि जोडिएको विषय सार्वजनिक भएकाले मार्गप्रशस्त गरी छानबिनमा सहयोग गर्न आग्रह गरेको उहाँले बताउनुभयाे । “स्वतन्त्र र निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले मार्गप्रश्स्त गर्नुपर्ने निष्कर्ष निकालेको छ”, उहाँले भन्नुभयो ।
प्रकाशित मिति : 12:21









