महराको ‘फर्गेट एस्टडे’ अस्वीकार गर्ने रोशनी आफ्नै कोठमा मृत भेटिइन
११ जेठ, काठमाडौँ । तत्कालीन सभामुख कृष्णबहादुर महराको ‘फर्गेट एस्टडे’ अस्वीकार गर्दै बलात्कार अभियोगमा जागिर खाएर करागार पुर्याउने रोशनी शाही आइतबार दिउँसो मृत अवस्थामा फेला परेकी छिन । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेको प्रहरीले पुष्टि गरेको छ ।

रोशनी आइतबार दिउँसो २ बजे आसपासमा कोठाभित्रै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । भित्रबाट चुकुल लगाएको कोठाभित्र रोशनी भेटिएको प्रहरीले जनाएको छ । शाहीको कोठामा सुसाइड नोट समेत भेटिएको बुझिएको छ ।
प्रकाशित मिति : ११ जेष्ठ २०८२, आईतवार १७:२८












