१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

११ जेठ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ९.१४ अंकले घटेर २६७९.४१ को विन्दुमा बन्द भएको छ ।

यस दिन राधी विद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७१ करोड ४९ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, यूनिभर्सल पावर कम्पनीको ३० करोड ३१ लाख ३८ हजार रुपैयाँ, ङादी ग्रुप पावरको २९ करोड ५१ लाख ३७ हजार रुपैयाँ, यूनाइटेड मोदी हाइड्रोपावरको २८ करोड ८३ लाख १८ हजार रुपैयाँ, हिमालयन पावर पार्टनर २१ करोड २३ लाख ९४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : May 25, 2025 at 3:19 pm