९ पुष २०८२, बुधबार | Thu Dec 25 2025

लागुऔषध कारोबारमा संलग्न नुवाकोटका सुरेन्द्रसहित ४ जना बल्खुबाट पक्राउ

११ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुबाट लागु औषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोटको तारकेश्वर गाउँपालिका-४ का २१ वर्षीय सुरेन्द्र अछामी, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएका विजय आले मगर,  सिन्धुलीको गोलन्जोर गाउँपालिका-२ घर भएका २४ वर्षीय होमराज श्रेष्ठ र काभ्रेको धुलिखेल नगरपालिका-२ घर भएका २३ वर्षीय रवीन श्रेष्ठ  छन् ।

प्रहरी वृत्त कालीमाटीको टोलीले उनीहरुलाई जेठ ८ गते बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताउनुभयो । उनीहरुबाट लागु औषध ट्रामाडोल १ हजार ६७ क्याप्सुल, १९ हजार ५ सय रुपैयाँ र विभिन्न कम्पनीका मोबाइल ६ थान बरामद गरेको एसपी बोहराले बताउनुभयो । उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आईतवार १२:५१