२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

कुलिङ पिरियड रहन्छ राजीनामा दिन मन लाग्नेले दिए हुन्छः कांग्रेस नेता कोइराला

१० जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद शेखर कोइरालाले अवकाशको निश्चित समय (कुलिङ पिरियड) नहट्ने बताउनुभएको छ । निजामती सेवा विधेयकमा कुलिङ पिरियडसम्म सार्वजनिक नियुक्तिमा जान नपाउने व्यवस्था राखिएपछि दबाबका लागि दैलो चाहरीरहेका सचिवहरूलाई घुर्की हैन राजीनामा दिन सुझाव दिनुभएको छ ।

विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरूसँग कुरागर्दै सांसद समेत रहुनभएको कोइरालाले दुई वर्षको कुलिङ पिरियड राख्नैपर्ने भएर राखिएकाले त्यो नहट्ने बताउनुभयो । समितिबाट पारित भैसकेको विषय यो सचिवहरूले दबाब दिएर परिवर्तन नहुने दाबी गर्नुभयो ।

उहाँले पत्रकारहरूसँग भन्नभयो, ‘दुई वर्ष कुलिङ पिरियड राख्नैपर्छ, राखिन्छ। उहाँहरूले प्रेसर दिएर राजीनामा गर्छु भन्नुभएको छ । राजीनामा गरेर देखाउनुपर्‍यो।’

राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवा विधेयकमा कुनै पनि कर्मचारी अवकाश भएको २ वर्षसम्म संवैधानिक र कूटनीतिक लगायतका नियुक्तिका लागि अयोग्य हुने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : 16:42