१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

विकास हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?

९ जेठ, काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदकको ओइरो लागेको छ । कमपनीले जेठ ६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको थियो । हालसम्म कम्पनीको  आईपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आज बिहान १०स्०६ बजेसम्म कम्पनीको आईपीओमा ४३ हजार २९० जना आवेदकले १० करोड ५ लाख ९० हजार रुपैयाँ बराबरको १० लाख ५ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिएका छन् । जुन मागभन्दा २.८३ गुणा बढी हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरमध्ये १० प्रतिशत अर्थात ३ करोड ५४ लाख ५५ हजार रुपैयाँ बराबरको ३ लाख ५४ हजार ५५० कित्ता सेयर निष्काशन गरेको थियो ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले यो आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन्। आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : May 23, 2025 at 1:02 pm