नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम घट्यो
८ जेठ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यस दिन नेप्से परिसूचक १९.०४ अंकले बढेर २६८८.५५ को बिन्दुमा बन्द भएको छ । यस दिन सेयर बजारमा १०४ कम्पनीकोसेयर मूल्य बढेको, १४२ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ ।
यस दिन ३१४ वटा कम्पनीको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको छ । यस दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भएको छ। आज कम्पनीको ६९ करोड १ लाख बढीको सेयर कारोबार भएको छ । त्यस्तै, यस दिन ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बाराही हाईड्रोपावरको सेयरमूल्य आज सर्वाधिक अर्थात ९.९९ प्रतिशतले घटेकाे छ ।
प्रकाशित मिति : 15:33









