३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

सेयर बजारमा हरियाली छाउँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

८ जेठ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यस दिन नेप्से परिसूचक १९.४० अंकले बढेर २६८८.९१ को बिन्दुमा बन्द भएको छ ।

सेयर बजारमा हरियाली छाउँदा यस दिन ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६९ करोड १ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, राधी विद्युत कम्पनीको ६० करोड ७१ लाख १६ हजार रुपैयाँ, कुमारी बैंकको ४२ करोड ६३ लाख २३ हजार रुपैयाँ, यूनिभर्सल पावर कम्पनीको ४० करोड ८२ लाख ५९ हजार रुपैयाँ, माउन्टेन इनर्जीको ३४ करोड १८ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : May 22, 2025 at 3:12 pm