२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

रिभर फल्स पावरको ४३ लाख २४ हजार कित्ता सेयरको लकइन आजबाट सकिँदै

८ जेठ, काठमाडौं ।  रिभर फल्स पावर लिमिटेडको लक इन समयावधि आजबाट समाप्त हुने भएको छ । कम्पनीको ४३ लाख २४ हजार ६०० कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुन लागेको हो ।

हाल यस कम्पनीको संस्थापकको ३५ लाख ७० हजार कित्ता, कर्मचारीको ५४ हजार ६०० कित्ता र आयोजना प्रभावित स्थानीयको ७ लाख कित्ता गरी जम्मा ४३ लाख २४ हजार ६०० कित्ता सेयर तीन वर्षदेखि लकइनमा रहेको थियो ।

लकइन अवधि सकिएपनि संचालक सदस्य तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीले भने पदबाट हटेको १ वर्ष पूरा नभएसम्म कारोबार गर्न नपाउने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : 11:44