१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

भर्ने होइन त ? शुक्रबारबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन हुँदै

७ जेठ, काठमाडौं । सान्भी इनर्जी लिमिटेडले जेठ ९ गते शुक्रबारबाट आईपीओ निष्काशन गर्दै छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ।

अब कम्पनीले  १०० रुपैयाँ अंकित मूल्यमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता आईपीओ निष्काशन गर्ने छ । उक्त आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि जेठ १३ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूमा सम्पर्क गर्न सकिनेछ। साथै, सीडीएस एण्ड क्लियरिङ लिमिटेडको मेरो सेयर प्रणालीमार्फत पनि आवेदन दिन सकिन्छ।

प्रकाशित मिति : May 21, 2025 at 4:15 pm