१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

७ जेठ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ७.९४ अंकले घटेर २६६९.५१ को विन्दुमा बन्द भएको छ ।  आज १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन राधी विद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७१ करोड ३ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, माउन्टेन इनर्जीको ५९ करोड १० लाख ९९ हजार रुपैयाँ,ङादी ग्रुप पावरको ५७ करोड ८३ लाख २६ हजार रुपैयाँ, यूनिभर्सल पावर कम्पनीको ४३ करोड २२ लाख १४ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ३७ करोड २९ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।

 

प्रकाशित मिति : May 21, 2025 at 3:11 pm