एकैदिन ५ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
७ जेठ, काठमाडौं । साताको चौथौ कारोबारको दिन नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला एक हजार ९९० रुपैयाँ कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा किनबेच भएको थियो ।
प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार १०:४०