१६ असार २०८३, मंगलबार | Wed Jul 1 2026

राष्ट्र बैंकले नयाँ गभर्नर पाउने भएपछि उच्च अंकले बढ्यो नेप्से

६ जेठ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार हरियाली छाएको छ । आज नेप्से परिसूचक ४९.९ अंकले बढेर २६७७.४५ को विन्दुमा बन्द भएको छ ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। यस दिन ३१० स्टकको ७३ हजार ५४ पटकको कारोबारमा ७ अर्ब ३१ करोड २७ लाख ९० हजार रुपैयाँ बराबरको १ करोड ६८ लाख ८८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन ३ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ छ। यस दिन सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर सकारात्मक सर्किट लागेकाे हो। यस दिन बाराही हाइड्रोपावर पब्लिकको सेयरमूल्य सर्वाधिक ७.३९ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति : May 20, 2025 at 3:28 pm