२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

मन्त्रिपरिषद् बैठक बस्दै, होला त गभर्नर नियुक्ति ?

६ जेठ, काठमाडौं । मन्त्रिपरिषदको बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका थिए । छलफल बैठक बोलाइएको हो ।  उक्त बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना छ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको गभर्नर सिफारिस समिति बैठक पनि आजै बस्दैछ। मंगलबार अपराह्न ४ बजेपछि उक्त बैठक बस्नेछ। यो बैठकले गभर्नरका लागि नाम सिफारिस गरेमा आज साँझ बस्ने मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : 14:14