गभर्नर सिफारिस समितिको बैठक बोलाइयो
६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको बैठक आज बस्ने भएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ४ बजेलाई बैठक बोलाउनुभएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।
अर्थमन्त्री पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य हुनुहुन्छ ।
मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखकबीच छलफल भएको थियो। उक्त छलफलपछि अर्थमन्त्री पौडेलले गभर्नर सिफारिस समिति बैठक बोलाउनुभएको हो ।
प्रकाशित मिति : 13:58









