२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या, सांसदहरूलाई जवाफ दिने कार्यसू्ची हट्यो

६ जेठ, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको  स्वास्थ्यमा समस्या देखिएको छ । उहाँको स्वास्थ्यमा समस्या आउँदा  सोमबार मन्त्रिपरिषद् बैठक र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफल कार्यसूची रोकिएको थियो ।

मंगलबार पनि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या कायम रहेका कारण संसदहरूले सोधेका प्रश्नहरूको लिखित जवाफ दिने कार्यक्रम रोकिएको छ । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले प्रधानमन्त्रीको स्वाथ्यका कारण उहाँले जवाफ दिने कार्यसूची हटाइएको पुष्टि गर्नुभयो ।

यसअघि प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद(९ बमोजिम प्रधानमन्त्री ओलीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची राखिएको थियो ।

प्रकाशित मिति : 11:14