प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या, सांसदहरूलाई जवाफ दिने कार्यसू्ची हट्यो
६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । उहाँको स्वास्थ्यमा समस्या आउँदा सोमबार मन्त्रिपरिषद् बैठक र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफल कार्यसूची रोकिएको थियो ।
मंगलबार पनि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या कायम रहेका कारण संसदहरूले सोधेका प्रश्नहरूको लिखित जवाफ दिने कार्यक्रम रोकिएको छ । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले प्रधानमन्त्रीको स्वाथ्यका कारण उहाँले जवाफ दिने कार्यसूची हटाइएको पुष्टि गर्नुभयो ।
यसअघि प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद(९ बमोजिम प्रधानमन्त्री ओलीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची राखिएको थियो ।
प्रकाशित मिति : 11:14









