कर्तव्य ज्यान मुद्दामा संलग्न पाँच जना पक्राउ
६ जेठ, काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा संलग्न भएको अभियोगमा नेपाल प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक किराना पसल गर्ने ३७ वर्षीय बलिन्द्रप्रकाश राईलाई गम्भीर घाइते बनाई उपचारका क्रममा निजको मृत्यु भएको थियो ।
सो घटनामा संलग्न भएको अभियोगमा रामेछाप, सुनापतीका प्रविण तामाङ, सर्लाही, बागमतीका समीर वाइबा तामाङ र अभिसेक बाइवा तामाङ, सिन्धुपाल्चोक, इन्द्रावतीका दीपेन्द्र भुजेल र काभ्रेपलाञ्चोक, चाैँरी देउरालीका अनुराग तामाङ पक्राउ परेका छन् । पक्राउ परेकाहरूको प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : May 20, 2025 at 10:26 am









