२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

५ जेठ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दाहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १९.३० अंकले बढेर २६२८.३६ को विन्दुमा बन्द भएको छ । सेयर बजारमा १८५ कम्पनीको सेयर मूल्य बढेको छ , ६० कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। यस दिन ३२४ स्टकको ७१ हजार २८७ पटकको कारोबारमा ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँबराबरको १ करोड ६२ लाख ५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन ४ कम्पनीको सेयर सकारात्मक सर्किट लागेको छ। यस दिन सप्तकोशी डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्यूटिकल्स, सिन्धु विकास बैंक र तेह्रथुम पावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो। विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ। यस दिन राधी विद्युत कम्पनी कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति : 15:32