२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनकाे मूल्य कति बढ्याे ?

५ जेठ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दाहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक २२.९९ अंकले बढेर २६३२.०५ को विन्दुमा बन्द भएको छ ।

 यस दिन पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज  सप्तकोशी डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, कर्पोरेट डेभपलमेन्ट बैंक, सिन्धु विकास बैंक र तेह्रथुम पावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लाएको हो । यस दिन सप्तकोशीको सेयर मूल्य १० प्रतिशत, ओम मेगाश्रीको सेयर मूल्य ९.९९ प्रतिशत, कर्पोरेट डेभपलमेन्ट , सिन्धु विकास बैंक र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको हो ।

प्रकाशित मिति : 15:15