२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

११ ब्रोकर कम्पनी धितोपत्र बोर्डको कारबाहीमा, यस्तो छ कारण

५ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले ११ वटा ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । धितोपत्र बोर्डले ब्लुचिप सेक्यूरिटिज, प्रोपर्टि विजार्ड, स्टक्स्कार्टस् सेक्यूरिटिज, सुमेरु सेक्यूरिटिज, रोड्शो सेक्यूरिटिज, सगरमाथा सेक्यूरिटिज, इन्फिनिटी सेक्यूरिटिज, म्याग्नेट सेक्यूरिटिज एण्ड इन्भेष्टमेण्ट कम्पनी, एलिट मर्चेन्ट क्यापिटल, रिलायबल इन्भेष्टमेण्ट एण्ड मर्चेण्ट क्यापिटल र रिलायबल भेन्चर क्यापिटललाई कारबाही गरेको हाे ।

यी कम्पनीहरुले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७६ को दफा १८ (१) को व्यवस्थाको परिपालना नगरेको भन्दै सचेत गराइएको सेबोनले जनाएको छ ।

यी ब्रोकरहरुले सूचक संस्थाहरूलाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) ऐन, २०६४ को दफा ७ फ को उपदफा (१) को खण्ड (क) बमोजिम कारबाही गरेको सेबोनले जनाएको छ ।

प्रकाशित मिति : 14:34