११ असार २०८२, बुधबार | Wed Jun 25 2025

देवघाट नजिकैको हरित स्वर्गः पर्यटकको रोजाइमा ल्याण्डमार्क फार्म हाउस (फोटोफिचर)

-पवित्रा मुडभरी 

जहाँ समय केहीबेर टक्क अडिएको भान हुन्छ

शहरी कोलाहलदेखि टाढा,

आत्मालाई शान्तिको अँगालो लाग्छ

त्रिशूली नदीको किनारमा फैलिएको

ल्याडमार्क फार्म हाउस

प्रकृतिसँगको गहिरो साक्षात्कार

रूखमा बनाइएका मनमोहक काठका घरहरू

एकान्त सुन्दरता बोक्ने छुट्टाछुट्टै ए आकारका काठका घरहरू

स्वीमिङ पुल र हरियालीको काखमा रहेको शान्त वातावरण

ल्याडमार्क केवल फार्म हाउसमात्र होइन

यो त जीवनलाई फेरि महसुस गर्ने ठाउँ पनि रहेछ

पारिवारिक जमघट होस् वा प्रेमिल पलहरू वा आत्मअन्वेषण वा सिर्जनात्मक विश्राम

ल्याण्डमार्कले बाँड्छ एउटा छुट्टै संसारमा पुगेको अनुभव ।

के तपाईं सहरको कोलाहल छाडेर केहीदिन अलि टाढा जान चाहनुहुन्छ ? परिवारका सदस्यहरुसँग छुट्टी मनाउने सोच्दै हुनुहुन्छ ? प्रकृतिसँग रमाउँदै पुस्तक लेख्ने उपयुक्त ठाउँको खोजिमा हुनुहुन्छ ? यदि तपाईं यस्तै केही खोज्दै हुनुहुन्छ भने देवघाटको भुवनटारमा रहेको ल्याण्डमार्क फार्म हाउस उपयुक्त गन्तव्य बन्न सक्छ ।

चितवनको दासढुंगाबाट करिब ४ किलोटिरको यात्रापछि तनहुँ जिल्लाको देवघाट गाउँपालिकामा रहेको यहाँ पुग्न सकिन्छ । देवघाटको भुवनटारमा करिब ४ एकड क्षेत्रफलमा फैलिएको यस फार्म हाउसमा आफैँले फार्मै उत्पादन भएका ताजा फलफुल र तरकारी खान पाइन्छ । फार्मको बगैँचामा आँप, कागती, लिची, अम्बा र अमला लगायतका फलफुलका बिररूवाहरू हुर्किरहेका छन भने कतिपयले उत्पादन दिन थालिसकेका छन ।

सम्भव भएसम्म फार्म हाउसमा आउने पाहुनाहरुलाई यही उत्पादन भएका ताजा फलफुल सागसब्जी र तरकारी खुवाउने गरिएको छ । साग, घिरौँला, सिमीजस्ता तरकारीहरु फार्ममै उत्पादन हुन्छन भने नपुगेका तरकारी र फलफुल स्थानीय किसानहरुसँगै सिधै खरिद गरेर उपयोग गरिन्छ । दुध, दही र ध्यूका लागि फार्म हाउसमै गाइ पालिएको छ ।

ल्याण्डमार्क होटल्स एन्ड रिसोर्टस्ले  भरतपुरको रोयल सेन्चुरीसँगै लिजिङ मोडलमा यो फार्म हाउस पनि लिएर वैशाख २९ देखि सञ्चालनमा ल्याएको हो । युवा पुस्ताको नेतृत्वमा ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टले फार्म हाउस र ल्याण्डमार्क नारायणी एक साथ सञ्चालनमा ल्याएको कर्पोरेट अपरेशन निर्देशक सम्राट पाण्डेले जानकारी दिनुभयो ।

देवघाटको भुवनटारमा करिब चार एक्करमा फैलिएको ल्याण्डमार्क फार्म हाउसमा आरामदायी कोठा, कटेज, ट्रि हाउस र स्वीमिङ पुल रहेका छन । त्रिशूली नदीको किनारमा अवस्थित फार्म हाउसमा प्राकृतिक सौन्दर्य, आराम र आधुनिक सुविधाको उत्कृष्ट संयोजन प्रदान गर्ने ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टका अध्यक्ष राजु पाण्डेले जानकारी दिनुभयो ।

फार्म हाउसको एउटा मुख्य आकर्षण ट्री हाउस हो । उत्कृष्ट डिजाइनमा निर्माण गरिएको सुविधासम्पन्न ट्री हाउसमा बसेर बाल्यकालको सपना पूरा गर्न सकिन्छ । आरामदायी बसाइमा मिठो निद्रा, चराचुरुङ्गीको चिरबीर आवाजसँगै खुल्नेछ । विहानीपख ट्री हाउसको बालकनीमा बसेर सुन्दर हरियाली हेर्दै कफीको आनन्द लिन सकिन्छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टका निर्देशक त्रय रमेश पाण्डे, राजु पाण्डे र सम्राट पाण्डे ।

ल्याण्डमार्क फार्म हाउसको अर्को आकर्षण एटिभी सवारी हो । यस सवारीमा चढेर फार्म हाउस क्षेत्रको प्राकृतिक सौन्दर्यको अवलोकन गर्न सकिनेछ । यस फार्म हाउसको अर्को महत्वपूर्ण आकर्षण भनेको ए–फ्रेम रिभरफ्रन्ट रिट्रीट हो । आरामदायी र सुविधासम्पन्न यस रिट्रीटमा बसेर त्रिशुली नदीलाई नजिकैबाट नियाल्न सकिन्छ ।

आरामदायी कोठाहरु, हरेक कोठाको छुट्टै बालकनी अनि बालकनीबाट देखिने स्वीमिङपुल र त्रिशुली नदीको बहावले मनलाई आनन्दित बनाउछ । यस फार्म हाउसमा आउने पाहुनाहरुलाई फार्म टु टेवल डाइनिङको सुविधासमेत दिइएको छ । जसमा ताजा र स्थानीय उत्पादनमा आधारित भोजन हुनेछ ।

फार्म हाउसमा रहेको स्विमिङ पूलमा पौडिएर ताजगी महशुष गर्न सकिनेछ । पूल साइडमा पार्टी स्पेस, बार र रेस्टुरेन्ट समेत रहेको छ । पाहुनाहरुले चाहेको खण्डमा यस फार्म हाउसले स्थानिय मगर गाना र नृत्यको समेत व्यवस्था गरेको छ । देवघाट नजिकैको यो हरित स्वर्ग हो । यो छोटो समयमै पर्यटकको रोजाइमा पर्न सफल भएको छ ।

भरतपुर र देवघाट क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने उदेश्यले ल्यान्डमार्क होटल्स एन्ड रिसोटले यस फार्म हाउसको सेवा विस्तार गरेको हो । ल्यान्डमार्क होटल्स एन्ड रिसोट्र्स नेपालकै प्रतिष्ठित हस्पिटालिटी समूह हो । ल्यान्डमार्कले लामो समयदेखि काठमाडौँ, पोखरा, चितवन र भैरहवामा लक्जरी होटल र रिसोर्टहरूको सञ्चालन र व्यवस्थापन गर्दै आएको छ । तस्बिरहरूः माधवप्रसाद तिवारी 

       

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आईतवार १९:३६