२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

४ जेठ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ३.७७ अंकले घटेर २६०८.०७ को विन्दुमा बन्द भएको छ ।

यस दिन सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । आज कम्पनीको ८० करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको ५१ करोड ३६ लाख ६१ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको ४८ करोड ४२ लाख ७९ हजार रुपैयाँ, युनिभर्सल पावर कम्पनीको ४३ करोड ८१ लाख ५५ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ४२ करोड २७ लाख १० हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : 15:15