५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट आजदेखि, लुम्बिनीमा विशेष समाराेहकाबीच उद्घाटन गरिदै


२७ पुस,  लुम्बिनी । नेपालमा पहिलोपटक हुन लागेको ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’को आज विशेष समारोहबीच बुद्ध जन्मस्थल लुम्बिनीमा उद्घाटन गरिदैँछ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना, नेपाल पर्यटन बोर्डको सहकार्य तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)ले कार्यान्वयन गरेेकाे मार्ट भाेलिसम्म चल्नेछ ।

उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश पाँचका मुख्यमन्त्री शंकर पाेखरेल उपस्थित नहुने भएका छन । व्यस्तताका कारणले ओली र पाेखरेलकाे उपस्थिति हुन नसक्ने जानकारी आाएकाे नाट्टाका उपाध्यक्ष एंव मार्टका सदस्यसचिव अच्युत गुरागाइँले दैनिकीलाई जानकारी दिए । मार्टकाे उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले गर्नेछन । उद्घाटनमा हट एयर बेलुनबाट पुष्प वृष्टि हुने भएको छ ।

लुम्बिनीलाई विश्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यसाथ लुम्बिनीमा हुन लागेको उक्त मार्टमा १५० बढी स्वदेशी तथा विदेशी पर्यटन व्यवसायीको सहभागिता रहने नाट्टाका महासचिव रमेश थापाले जानकारी दिए ।

मार्टमा भाग लिन विभिन्न देशका दुई दर्जन सहभागी लुम्बिनी आइसकेका छन् । मार्ट सञ्चालनसँगै लुम्बिनी, भैरहवा, तानसेन, पाल्पा, तौलिहवा, निग्लिहवा, कुदान, रामग्राम, देवदह, कपिलवस्तुलगायतका पर्यटकीय, धार्मिक एवं पुरातात्विक महत्वका स्थानको प्रवद्र्धन हुने नाट्टाका अध्यक्ष सिएन पाण्डेलेे बताए ।  अध्यक्ष पाण्डेका अनुसार बुद्धको जन्मभूमि रहेको लुम्बिनीमा हुने मार्टमा ‘विजनेश टु विजनेश मिटिङ’, बुद्ध पर्यटन प्रवद्र्धनका लागि छलफल, आन्तरिक पर्यटन प्रवद्र्धनलगायतका विषयमा छलफल हुने  छ ।

मार्टमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्र, अन्तर्राष्ट्रिय ट्राभल सङ्घका अध्यक्ष सुनिल कुमार, भिजिट नेपाल २०२० का संयोजक सुरज वैद्य, अष्ट्रेलियाका प्रतिनिधि स्टेभ कैमिसलगायतले बुद्ध पर्यटनको विकासका बारेमा आफ्नो भनाइ राख्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २७ पुष २०७५, शुक्रबार ०८:४३