५०.४५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको नाफा, प्रतिसेयर आम्दानी कति ?
२६ वैशाख, काठमाडौं। माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ४६ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ५०.४५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३० करोड ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको कुल आम्दानी २५.४६ प्रतिशतले बढेर ६९ करोड २२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रशासनिक खर्च २ करोड ८१ लाख र वित्त खर्च १८ करोड १७ लाख रहेको छ । कम्पनीको चुक्तापुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ।
समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १७.८७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४५.८७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३२.६६ गुणा रहेको छ ।
प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार ११:५४