२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

पूर्वप्रधानमन्त्री प्रचण्ड शौचालयमा चिप्लिएर घाइते

२४ वैशाख, काठमाडाैँ । पूर्व प्रधानमन्त्री समेत रहनुभएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेर घाइते हुनुभएको छ । उहाँ गएराति घरकै शौचालयमा लडेर सामान्य घाइते भएको छोरी समेत रहनुभएको स्वकीय सचिव गंगा दाहालले जानकारी दिनुभयो ।

गएराति सुत्न जानुअघि शौचालय जाँदा चिप्लिएर निधारमा चोट लागेको छ । अहिले उहाँको स्वास्थ्य सामान्य रहेको दाहालले जानकारी दिनुभयो । शौचालयमा चिप्लिए लगत्तै उहाँलाइ मेडिसिटी अस्पताल लगेर जाँच गरिएको थियो । उहाँले अहिले निवासमा भेटघाटको काम सुरू गरिसक्नुभएको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : 08:01