मंगलबार तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
२३ वैशाख, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा झिनो वृद्धि देखिएको छ । यस दिन नेप्से परिसूचक १.०३ अंकले बढेर २६११.४३ बिन्दुमा कायम भएको छ ।
यस दिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यस दिन नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्सको ९.९८ प्रतिशत, रिडी पावर कम्पनीको ९.३३ प्रतिशत र दोर्दी खोला जल विद्युत कम्पनीको ६.९३ प्रतिशतले मूल्य बढेको छ ।

प्रकाशित मिति : 15:28









