अर्थमन्त्री पौडेल र अध्यक्ष प्रचण्डबीच भेटवार्ता, के विषयमा भयो छलफल ?
२३ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ ।
अध्यक्ष दाहाल निवास खुमलटारमा आज बिहान भएको भेटघाटमा उहाँहरु बीचमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको जनाइएको छ ।
प्रकाशित मिति : 10:23









